Wednesday, November 9, 2016

यि बानीले कहिल्यै धनी बन्न दिँदैनन्, हटाउनुहोस यस्ता बानी र बन्नुहोस् सम्पन्नशाली

एजेन्सी । परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ । पहिले पहिले शास्त्रलाई नै मुख्य दिशा निर्देशकका रुपमा मान्ने गरिन्थ्यो । यद्यपी अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौ । जसले हामीलाई धनि बन्न दिदैन । थाहा पाउनुहोस् ति बानी र त्यसबाट बच्ने उपाए ।
बाथरुम सफा राख्नु पर्छ । शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नु पर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ ।
थालमा खाना नछोडनुहोस । शास्त्रका अनुसार थालमा खाना छोडनु हुदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्यि बढ्छ ।
कहिले काँही हामीले घरको स सानो काम पनि ध्यान दिदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ ।
शास्त्रकाअनुसार बिस्तारा सधै बिहानमा नै सफा गर्नु पर्छ । रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।
घरको आसपास थुक्नाले दरिद्रता आउछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउछिन ।त्यसैले बाटो वा घरको आसपास थुक्न हुदैन ।
शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।
यदि आफ्नो घरमा धनका देवता कुबेरको स्थापना गर्न चाहानुहुन्छ भने उत्तर दिशातिर गर्नुहोस । शास्त्रकाअनुसार यस दिशामा पुजा घर बनाउन शुभ हुन्छ र सुख सान्तीको पनि बास हुन्छ ।साभार: मिडिया एनपी

यो दुई कुरा साकार भएको भए, सिंगै भारत नेपालको अधिनमा हुन्थ्यो ! (जर्मन सरकारको पत्रसहित)

नेपालमा ब्रिटिस गोर्खा भर्ती केन्द्र र त्यहाँ जाने युवाहरुको विषयलाई लिएर विभिन्न बहसहरु हुने गरेका छन् । नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापा र कुशल शासक जंगबहादुर राणाले त्यसको विरोध गरेपनि राणाकालका पछिल्ला प्रधानमन्त्रीहरु वीरशम्शेर र चन्द्र शम्शेरहरुको उदारवादी नीतिले गर्दा गोर्खा भर्ती केन्द्रमा नेपाली युवाहरुको उल्लेख्य सहभागिता रहँदै आएको पाइन्छ ।

नेपालीहरुले यो भर्तीकेन्द्रमा भर्ना भएर पहिलो र दोश्रो विश्वयुद्ध लगायतका अन्य थुप्रै युद्धहरु लडेका इतिहास पाइन्छ । यद्यपि, नेपालले जहिल्यै बेलायतको पक्षमा रहेर मात्र युद्धमा सहभागि भइरह्यो । यसै प्रसंगमा हामीले पहिलो विश्वयुद्धमा जर्मनीले नेपाललाई पठाएको पत्र अर्थात सो पत्रमा विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएमा भारतलाई नै नेपालले आफ्नो अधिनमा राख्न सक्ने सम्मको आश्वासन दिएको र नेपालमा विश्वयुद्धको प्रभावका सवालमा यहाँ छोटो प्रसंगलाई समावेश गरेका छौ ।

इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला लेख्छन्, ‘पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत सत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे । तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे ।

भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन ।

सन् १९८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको एलायन्स निर्माण भएको थियो । एलायन्स जारी रहेकै बेला अर्थात २६ वर्षपछि अष्ट्रियाका राजकुमार र उनकी पत्नीको बोस्नियामा भएको हत्याको विषयलाई लिएर सन् १९१४ जुलाई २४ मा प्रथम विश्वयुद्धको सुरुवात भएको थियो ।

त्यसबेला विश्वयुद्धको विषयलाई लिएर विश्वनै आधा–आधा भएको थियो । नेपालमा भने राणाशासन विरोधी धार बजबुत हुँदै गएकोले राणाहरुले समर्थन गरेको बेलायत पराजय भइदिए हुन्थ्यो भन्ने मनोभावना विकास हुँदै गएको देखिन्छ ।

त्यसैबेला जर्मनीले नेपाललाई आफ्नो पक्षमा गोर्खा सेनाले युद्ध लडे, भारतबाट इष्ट इन्डिया कम्पनीको सरकारलाई धपाउन सकिने र भारत नेपालको अधिनमा आउने भन्दै रेडियो तरंगमार्फत पत्र लेखेको थियो ।’ इतिहासविद संग्रौलाका अनुसार जर्मनीले रेडियो तरंगमार्फत पठाएको पत्र यस्तो थियोः

ब्रिटेन नेपालको परम्परागत शत्रु हो, यदि नेपालले युद्धमा अंग्रेजलाई साथ दियो भने नेपाली सेना जर्मनी सेनाको प्रहारबाट बच्न सक्ने छैनन् र यस विश्वयुद्धमा जर्मनीको अवश्य पनि जीत हुनेछत्यसकारण नेपालले जर्मनीलाई सहयोग गर्यो भने भारतबाट अंग्रेजहरु भाग्नेछन् अनि भारत पनि नेपालको अधिनमा हुनेछ ।’

त्यसर्थ, भारतकै अंग्रेज भगाउ आन्दोलनका नेता महेन्द्र प्रताप र जर्मनीका प्रधानमन्त्रीको आग्रहलाई नेपालले टेरेको भए र विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएको भए, सायद नेपालको नक्सामै ठूलो फेरबदल आउनसक्ने इतिहासविदहरुको आंकलन छ । यी दुई कुराले नेपालको ऐतिहासिक मोड विपरित दिशातर्फ गएको समेत बताइन्छ ।

यद्यपि, पहिलो विश्वयुद्धमा जर्मन एलाइन्सको हार भयो र बेलायत पक्षले जित्यो । त्यसको केही वर्षपछि मात्र भारतबाट अंग्रेजहरु बढारिएका थिए । नेपालको ब्रिटिस गोर्खा भर्ती केन्द्रमा जाने युवाहरुको क्रम भने अहिले पनि जारी छ |

साभार काठमाण्डुटुडेडटकम

पोखरामा प्लास्टिक झोला निषेध

पोखरा, २४ कात्तिक । पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको आज घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गर्नुभयो ।

प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकाले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

उपमहानगरपालिकाले ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐनअनुसार उनीहरुको कसुर हेरि रु पाँच हजारदेखि रु १५ हजारसम्म जरिवाना गर्ने जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदि र स्याङ्जाको सिमानामा पनि अनुगमन टोली खटाइ यसको नियन्त्रणमा कडाइ गरिने बताइएको छ । रासस

प्रहरी छन हतियार छैन , कार्यालय छ कोठा छैन,कस्तो यो प्रहरी कार्यलय ?

दीपक उपाध्याय,कैलाली । सुगम जिल्ला मानिएको कैलालीको दुर्गम सुगरखाल गाविसमा २०६७ सालमा ख श्रेणीको ईलाका प्रहरी कार्यालय स्थापना गरियो र सोही अनुरुप प्रहरी सहायक निरीक्षकको कमाण्डमा २२ जना रहने व्यवस्था समेत भयो । तर प्रहरी कार्यालय स्थापना भए यता ६/७ जना भन्दा धेरै प्रहरी कहिले पनि बसेनन् ।



कोही काजमा त कोही सिफारिसको भरमा सुविधा सम्पन्न ठाउँमा पुगे । कात्तिक २३ गते पहिलो पटक कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल त्यहाँ पुग्दा स्थानीयहरुले प्रहरी कार्यालयको स्तरोन्नति, महिला प्रहरीको व्यवस्था र हतियार सहितका प्रहरी राख्न अनुरोध गरे । प्रहरी कार्यालयमा स्थापनाकालदेखि नै हतियारहरु छैनन् । करिब २८ हजार जनसंख्या रहेको सुगरखाल गाविसका एक जना प्रहरीको भागमा करिब २२ सय जनाको सुरक्षाको जिम्मेवारी छ त्यो पनि विना हतियार । एक त विना हातहतियारको प्रहरी कार्यालय त्यसमाथि पनि महिला प्रहरी नहुँदा धेरै समस्या आउने गरेको स्थानीय दल बहादुर भण्डारीको ठम्याई छ ।
त्यस्तै अर्का स्थानीय महिला बासमति सिंजाली मगरले जीर्ण प्रहरी कार्यालय र महिला प्रहरीहरु नहँुदा महिलाहरुका समस्या पुरुषले हल गर्न नसक्ने र महिलाहरुले केही गल्ति गरिहाले महिला प्रहरीले चाहिने आवश्यकता औल्याउनु भयो ।
सुगरखालमा रहेका प्रहरीको स्वयंको सुरक्षा नहरेको बताउँदै स्थानीय देविराम अधिकारीले दरवन्दी अनुसारको हतियार सहितको प्रहरी राख्नु पर्ने र यसो भए आर्थिक कारोबारमा समेत बृद्धि हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दरबन्दी अनुसारको प्रहरी जिल्लामा नै नभएको अवस्थामा पठाउन नसकिएको स्वीकार गर्दै पुर्वाधार नभएका कारण हातहतियारको व्यवस्था हुन नसकेको प्रष्ट पार्नुभयो ।
कच्चीघर, झयालढोकामा खापा मात्रै रहेको र पर्दा लगाएर छोपिएका कार्यालयमा सुत्ने सामान्य काठको खाट मात्रै छ । आफ्नै अवस्था यस्तो रहेको प्रहरी कार्यालयले जनताको सुरक्षा गर्छ भन्नेमा विश्वास कसैलाई छैन पनि ।

सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भयो’– प्रधानमन्त्री

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उहाँले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जाल र केही मिडियामार्फत हामीमाथि आक्रमण र घेराबन्दी भइरहेको छ । त्यसैले पार्टीको नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्छ ।”

 

सो अवसरमा उहाँले कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिँदै गरिबी निवारणका निम्ति सरकारले अभियान थालेको जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको क्रान्तिकारी चरित्रमा स्खलन, प्रदूषण र भ्रष्टीकरण भएको बताउँदै पुनःएकीकरण र रुपान्तरण गर्नुपर्ने धारणा राख्नु भयो ।

अर्का नेता रामबहादुर थापाले देशमा नयाँ कम्युनिस्ट पार्टीको अझै आवश्यकता रहेको औँल्याउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनले राजनीतिक र शैक्षिक दुवै मुद्दा सँगसँगै उठाउने बताउनुभयो । रासस

के तपाई मोबाइलमा लामो समयसम्म गफ गर्नुहुुन्छ?याद गर्नुहोस् कतै तपाईको दिमागमा असर परिरहेको त छैन्न्?

प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ । फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । नेपालजस्तो लोडसेडिङको मारमा परेको देशलाई त ल्यापटप, कम्प्युटरभन्दा पनि मोबाइल उपयुक्त भएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा पुर्‍याउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् ।

मोबाइलले स्वास्थ्यमा पार्ने असरचुम्बकीय प्रदूषण
विज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत् क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार भएर बसेका वेला हाम्रो शरीरमा ऊर्जा भरिएको महसुस गर्छौं । प्रविधिको आविष्कारले मानव जीवन सहज बनाए पनि त्यसको प्रदूषणले निम्त्याउने असरबारे हामी चनाखो भएका छैनौँ । यो अत्यन्त सूक्ष्म हुने भएकाले थाहा नपाउने गरी असर पुर्‍याइरहेको हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । हाई भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भ्याकुम क्लिनर, मोबाइलफोन, कम्प्युटर, टिभी, हिटरजस्ता विद्युतीय यन्त्रहरूबाट चुम्बकीय प्रदूषण भइरहेको हुन्छ ।